काठमाडौं, भदौ १० – रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै त्रिशूली नदीमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट १०० मिटर तल त्रिशुली नदीमा खसेको हो । प्रहरी कार्यालय मुग्लिनका अनुसार मृतकमा १८ जना पुरुष र दुई महिला रहेका छन् ।
![]() |
Bus Sunk At Trishuli River |
घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल चितवन लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना राती २ देखि साढे २ को बीचमा भएको थियो । मृतकको सनाखत हुन बाँकी छ ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।
Source : Nepal News Portal
EmoticonEmoticon